काठमाडौं/भारतको मध्यप्रदेशमा विद्यालयभित्र चकित पार्ने घटना सार्वजनिक भएको छ । गुना जिल्लाको एक सरकारी प्राथमिक विद्यालयमा कक्षा–५ का एक छात्रले दुई छात्राको पानीको बोतलमा कथितरुपमा पिसाब मिसाएर उनीहरुलाई पिउन लगाएको आरोप लागेको छ ।

घटनापछि छात्राहरुले विद्यालयका प्रधानाध्यापकस“ग गुनासो गर्दा उनले कथितरुपमा ‘मुख नराम्रो लागेको भए १० रुपिया“को चकलेट खाऊ’ भनेको अधिकारीहरुले बताएका छन् ।

घटना बाहिरिएपछि दुई छात्राका परिवार र स्थानीय बासिन्दा विद्यालयमा भेला भएर कडा कारबाहीको माग गर्दै विरोध प्रदर्शन गरेका थिए । अवस्था तनावपूर्ण बनेपछि प्रशासन र प्रहरीसमेत घटनास्थल पुगेका थिए । जिल्ला प्रशासनले घटनाको अनुसन्धान सुरु गरेको छ । आरोपित छात्र र उनका अभिभावकलाई बोलाइएको छ भने प्रधानाध्यापकलाई समेत नोटिस जारी गरिएको छ । सम्बन्धित शिक्षा अधिकारीलाई दुई दिनभित्र अनुसन्धान प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।

अधिकारीहरुले घटनामा अन्य छात्रहरुको समेत संलग्नता हुनसक्ने आशंका गरेका छन् । अनुसन्धानबाट वास्तविकता स्पष्ट हुने बताइएको छ । विद्यालय बालबालिकाका लागि सुरक्षित र सम्मानजनक ठाउ“ हुनुपर्छ । यस्तो घटनामा सत्यतथ्य छानबिन गरी दोषी देखिएा उचित कारबाही र पीडित छात्राहरुलाई आवश्यक सहयोग सुनिश्चित गर्नु जरुरी छ ।