काठमाडौं÷राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बागमती प्रदेशको सत्तासमीकरणमा एमालेले ‘अनैतिक चलखेल’ गरेको आरोप लगाएका छन् । उनका अनुसार एमालेले राप्रपास“ग संस्थागत्रुपमा छलफल नगरी प्रदेश सांसद्हरुलाई व्यक्तिगत्रुपमा प्रभावमा पारेर सरकारलाई समर्थन गराउन खोजेको हो ।
पार्टीको निर्देशनविपरीत एमाले नेतृत्वको सरकारलाई समर्थन गरेको भन्दै राप्रपाले संसदीय दलका नेता उद्धब थापामाथि कारबाही गर्ने निर्णय गरेको छ । लिङ्देनका अनुसार पार्टीले यसअघि नै बागमती सरकारको समर्थन वा विरोधमा सहभागी नहुने र तटस्थ बस्ने निर्देशन दिएको थियो । लिङ्देनले आर्थिक चलखेलको पुष्टि नभए पनि एमालेको गतिविधि सत्ताकेन्द्रित योजनाबद्ध चलखेलजस्तो देखिएको बताए । उनले सरकारमा सहभागी हुने राप्रपाका अन्य नेता–सांसद्लाई पनि पार्टी अनुशासन उलंघन गरेको पाइए कारबाही गरिने चेतावनी दिएका छन् ।












