हेटौंडा÷मकवानपुरगढी गाउ“पालिका–३ निवासी शत्रुघन दुलालले वडामा रहेको मक्राञ्चुली सामुदायिक स्वास्थ्य एकाईंलाई ५० हजार रुपिया“ बराबरको बिरामीका लागि प्रयोग हुने हाइड्रोलिक बेड र अक्सिजन सिलिन्डर सहयोग गरेका छन् ।
वडाभित्र घरमै थलिएका तथा उपचारका लागि बेड आवश्यक पर्ने बिरामीलाई सहज होस् भन्ने उद्धेश्यले दुलालले उक्त सामग्री प्रदान गरेका हुन् । मकवानपुरगढी गाउ“पालिका–३ का वडा अध्यक्ष भागवत् घिमिरेको उपस्थितिमा दुलालले उक्त सामग्री सामुदायिक स्वास्थ्य एकाईं प्रमुख नारायणप्रसाद घोरसैनीलाई हस्तान्तरण गरे । स्वास्थ्य प्रमुख घोरसैनीले प्राप्त बेड वडाभित्रका बिरामीलाई आवश्यक परे प्रयोग गर्न दिइने बताए । समाजसेवामा सक्रिय दुलाल पूर्वशिक्षक हुन् । उनी हाल जागरण सहकारी तथा टावरडा“डा खानेपानी आयोजनाका अध्यक्ष छन् ।












