हेटौंडा÷हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१९, ज्यामिरेस्थित अरनिको आधारभुत विद्यालयमा चारकोठे भवन निर्माण कार्य अगाडि बढेको छ । महेश बर्तौला संसदीय भूमिकामा रह“दा नै अघिल्लो आर्थिक वर्षमा भवन निर्माणका लागि बजेट विनियोजन भएको थियो ।
असारमै सम्पन्न हुनुपर्ने निर्माण कार्य विभिन्न कारणले केही ढिलाइ भए पनि हाल निर्माण कार्य सम्पन्न हुने गरी अघि बढेकोमा उनले खुशी व्यक्त गरेका छन् । अब तोकिएको समयभित्र गुणस्तरीयरुपमा काम सम्पन्न हुनेछ भन्नेमा उनले विश्वास लिएका छन् । झण्डै २ सय बढी विद्यार्थी अध्ययनरत् विद्यालयका लागि नया“ भवन निर्माण भएपछि पठनपाठन अझ व्यवस्थित, सहज र प्रभावकारी हुने उनको अपेक्षा छ ।
आफू थोरै समयमात्र भए पनि संसदीय भूमिकामा रह“दा पहल र विनियोजन भएको बजेटबाट सुरु भएको योजना हाल कार्यान्वयनको चरणबाट अगाडि बढेको देख्दा विशेष खुशी लागेको भन्दै उनले जनताको आवश्यकता र प्राथमिकतामा परेका विकासका योजनाहरु कार्यान्वयनमा आउनु नै जनप्रतिनिधिको भूमिकाको सार्थकता रहेको उल्लेख गरेका छन् ।
‘यस महत्वपूर्ण कामलाई अघि बढाउन सहयोग गर्नुहुने विद्यालय परिवार, वडा अध्यक्षसहित सम्पूर्ण जनप्रतिनिधि, स्थानीयबासी तथा सम्बन्धित सबैप्रति हार्दिक धन्यबाद व्यक्त गर्दछु,’ उनले भने–अरनिको आधारभुत विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि निरन्तर सहयोग र सहकार्य रहनेछ ।











