हेटौंडा/अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा शिक्षाका लागि राष्ट्रिय अभियान बागमती प्रदेशको आयोजनामा हेटौंडामा आयोजित युवा शिक्षासम्बन्धि नीतिगत् संवाद प्रदेशका प्राथमिकता र खाडलहरु विषयक अन्तर्संवादमा युवालाई स्वदेशमै टिकाउने रोजगारी सिर्जना गर्ने तथा उद्यमशील बनाउन सक्ने शिक्षामा जोड दिनुपर्ने सरोकारवालाले बताएका छन् ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित संवादले युवालाई केवल रोजगारी खोज्ने जनशक्ति नभइ ज्ञान, सिप र उद्यमशीलतामार्फत् आफैं अवसर सिर्जना गर्नसक्ने जनशक्तिका रुपमा विकास गर्ने शिक्षा प्रणाली आवश्यक रहेको निष्कर्षलाई जोड दिएको थियो ।

कार्यक्रममा शिक्षाका लागि राष्ट्रिय अभियान बागमती प्रदेश संयोजक प्रकाश खतिवडाले नेपालको शिक्षा प्रणालीको गुणस्तर, पहु“च र सान्दर्भिकतामाथि गम्भीर समीक्षा आवश्यक रहेको बताए । उनले प्रश्न गरे–हाम्रो शिक्षाको गुणस्तर सबै विद्यार्थीका लागि समान छ ? शिक्षाले विद्यार्थीलाई रोजगारी उद्यमशीलता र जीवनोपयोगी सिपस“ग पर्याप्तरुपमा जोड्न सकेको छ ? प्रविधिको तीव्र विकासस“ग शिक्षा प्रणाली अनुकूलित भएको छ ? गरिब ग्रामीण अपांगता भएका सीमान्तकृत तथा विभिन्न सामाजिक पृष्ठभूमिका युवाले समान अवसर पाइरहेका छन् ?

खतिवडाले शिक्षासम्बन्धि नीतिनिर्माण तथा कार्यान्वयनमा युवाको आवाज कत्तिको प्रभावकारीरुपमा समेटिएको छ भन्ने विषयमा समेत बहस आवश्यक रहेको बताए । उनले शिक्षाका लागि राष्ट्रिय अभियानले गुणस्तरीय, निःशुल्क र सार्वजनिक शिक्षा सम्भव छ भन्ने मान्यतासाथ शिक्षामा राज्यको लगानी कम्तिमा २० प्रतिशत् पु¥याउनुपर्ने विषयमा निरन्तर पैरवी गर्दै आएको जानकारी दिए ।

कार्यक्रममा कृषि तथा वनविज्ञान विश्वविद्यालयका पूर्वडिन डा. बलराम भट्टले उच्चशिक्षा अध्ययन गर्दा सैद्धान्तिक विषयभन्दा व्यवहारिक तथा प्राविधिक विषयलाई प्राथमिकता दिनुपर्ने बताए । मुलुकलाई आवश्यक पर्ने जनशक्तिको प्रक्षेपण गरी सोहीअनुसार विश्वविद्यालयका पाठ्यक्रम निर्माण र सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो । सैद्धान्तिक विषय पढेर डिग्री हासिल गरे पनि व्यवहारिक सिपको अभाव हुने अवस्था अन्त्य गर्नुपर्ने उनको भनाइ थियोे ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानकी डिन डा. इन्दिरा अधिकारीले नेपालमा ठूलो युवा जनसंख्या रहेको उल्लेख गर्दै प्रदेशको विशेषता र सम्भावनाअनुसार युवालाई स्वरोजगार बनाउन सक्ने शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताइन् । उनले आर्थिक समृद्धिको स्पष्ट योजनास“ग जोडेर पाठ्यक्रम निर्माण गर्नुपर्नेमा जोड दिइन् । हेटौंडा क्याम्पस प्रमुख डा. देवचन्द्र मानन्धरले बागमती विश्वविद्यालयले समयसापेक्ष प्राविधिक विषयलाई प्राथमिकता दि“दै पाठ्यक्रम निर्माण तथा परीक्षा र नतिजा प्रकाशनमा समेत प्रभावकारी काम गरिरहेको बताए । उनले उच्चशिक्षालाई समयको माग र रोजगारी÷बजारस“ग जोड्नुपर्ने आवश्यकता औंल्याए ।

राष्ट्रिय परीक्षा बोर्ड हेटौंडा प्रमुख बद्रीबहादुर पाठकले युवालाई स्वदेशमै टिकाउने र उनीहरुलाई आफैं रोजगारी सिर्जना गर्न सक्षम बनाउने खालको प्राविधिक शिक्षा आवश्यक रहेको बताए । नेपालले अबको शिक्षानीतिलाई सिप, प्रविधि, उत्पादन र रोजगारीस“ग जोड्दै अघि बढाउनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा सहभागी युवाले उच्चशिक्षा अध्ययनका लागि विद्यार्थी विदेशिने क्रम बढिरहेको भन्दै त्यसलाई रोक्न सरकारले स्पष्ट नीति, योजना र लगानी गर्नुपर्ने धारणा राखेका थिए । उनीहरुले आगामी दिनमा शैक्षिक कार्यक्रम तथा पाठ्यक्रम निर्माण गर्दा नेपालका विभिन्न क्षेत्रमा आवश्यक पर्ने जनशक्तिको अध्ययन तथा प्रक्षेपण गरी सोहीअनुसार विषय निर्धारण गर्न सरकारलाई सुझाव दिएका थिए ।

अन्तरसंवादको सहजीकरण सञ्चारकर्मी सुरेश श्रेष्ठले गरेका थिए । उनले युवाको चाहना र मुलुकको आवश्यकता सम्बोधन गर्ने गरी विश्वविद्यालयका पाठ्यक्रममा समयसापेक्ष सुधार आवश्यक रहेको बताए । कार्यक्रममा सहभागी युवा तथा शिक्षाविद्हरुले नेपालको उच्चशिक्षाले सैद्धान्तिक ज्ञानमा मात्र सीमित नभइ व्यवहारिक सिप प्राविधिक दक्षता उद्यमशीलता र रोजगारीस“ग प्रत्यक्षरुपमा जोडिनुपर्ने बताए । युवाको क्षमता, प्रदेशको आवश्यकता र मुलुकको आर्थिक सम्भावनालाई आधार बनाएर विश्वविद्यालयका पाठ्यक्रम परिमार्जन गर्नुपर्ने उनीहरुको सुझाव थियो ।