हेटौंडा/थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ । ऋषेश्वर फास्ट चार्जिङ स्टेसनले थाहा नगरमा पहिलोपटक फास्ट चार्जिङ सेवा सुरु गरेको हो । स्टेसनबाट विभिन्न प्रकारका विद्युतीय सवारीसाधनलाई छिटो चार्ज गर्न सकिने सञ्चालकले बताएका छन् । स्थानीयस्तरमा विद्युतीय सवारीसाधनमैत्री पूर्वाधार विकासले थाहा नगरलाई पर्यटन तथा ईभीमैत्री गन्तव्यका रुपमा विकास गर्न थप सहयोग पुग्ने देखिन्छ ।

थाहा नगरपालिका पर्यटकीय गन्तव्यका रुपमा विकास हु“दै गएको अवस्थामा नेपालमा विद्युतीय सवारीसाधनको संख्या पनि बढ्दै गएको छ । तर, पर्याप्त चार्जिङ स्टेसन अभावका कारण विद्युतीय सवारीसाधनमार्फत् थाहा नगर जाने पर्यटकलाई असहजता हु“दै आएको थियो । थानाबजारमा फास्ट चार्जिङ स्टेसन सञ्चालनमा आएस“गै विद्युतीय सवारीसाधनबाट थाहा पुग्ने पर्यटकलाई थप सहज हुने अपेक्षा गरिएको छ ।

थाहा नगरपालिका तथा नेपाल विद्युत् प्राधिकरण पालुङ शाखाको सहयोगमा नगरमा आवश्यक रहेको चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको ऋषेश्वर फास्ट चार्जिङ स्टेसनका सञ्चालक देवराज कार्कीले जानकारी दिए । कार्कीका अनुसार चार्जिङ सेवास“गै स्टेसनमा वासिङ सेन्टर, ग्यारेज तथा रेस्टुरा“समेत सञ्चालन गर्ने योजना छ । उनका अनुसार एउटै स्थानबाट चार्जिङ, सवारीसाधन मर्मत, सरसफाइ तथा खानाको सुबिधा उपलब्ध गराउने उद्धेश्य राखिएको छ ।

थाहा नगरमा विद्युतीय सवारीसाधनका लागि आवश्यक पूर्वाधार विस्तार हुनु पर्यटन प्रवद्र्धनका दृष्टिले समेत महत्वपूर्ण मानिएको छ । चार्जिङ पूर्वाधारको विस्तारस“गै काठमाडौंलगायत विभिन्न स्थानबाट विद्युतीय सवारीसाधनमार्फत् थाहा नगर भ्रमण गर्ने पर्यटकको संख्या बढ्ने अपेक्षा गरिएको छ ।