हेटौंडा/सत्ता सहयात्री एमाले अलग भएपछि बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानिया“ले सोमबार दिउ“सो १ बजे प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री बानिया“ले विश्वासको मतका लागि आवश्यक व्यवस्था मिलाइदिन प्रदेशसभा सचिवालयलाई पत्राचार गरेपछि उक्त प्रक्रिया अगाडि बढेको हो ।

सरकारमा सहभागी नेकपा एमालेले साउन ६ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानिया“ संवैधानिकरुपमा विश्वासको मत लिनुपर्ने अवस्थामा पुगेका हुन् । एमालेले समर्थन फिर्ता लिएस“गै बानिया“ नेतृत्वको सरकार प्रदेशसभामा अल्पमतमा परेको थियो । मुख्यमन्त्री बानिया“ले भदौ १ गते विश्वासको मत लिने निर्णयस“गै बागमती प्रदेशको सत्ता राजनीति अब निर्णायक चरणमा प्रवेश गरेको छ । यसअघि नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले पनि मुख्यमन्त्रीले भदौ ३ गतेभित्र विश्वासको मत लिने गरी तयारी गर्ने निर्णय गरेको थियो । संवैधानिक समयसीमाभित्र विश्वासको मत लिने गरी मुख्यमन्त्रीले भदौ १ गतेको मिति तय गरेका छन् ।

नेपालको संविधान को धारा १८८ को उपधारा (२) अनुसार प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिए मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ । विश्वासको मतको प्रस्ताव तत्काल कायम रहेका सम्पूर्ण प्रदेशसभा सदस्यको बहुमतबाट पारित हुन नसके मुख्यमन्त्री पदमुक्त हुने संवैधानिक व्यवस्था छ । यही संवैधानिक व्यवस्थाअनुसार एमालेले साउन ६ गते समर्थन फिर्ता लिएपछि बानिया“ले विश्वासको मत लिनुपर्ने अवस्था आएको हो । एमालेका ६ जना मन्त्रीले सामूहिक राजीनामा दि“दै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बानिया“ सरकार अल्पमतमा परेको थियो ।

साउन ६ गतेदेखि लागु हुने गरी एमाले सरकारबाट बाहिरिएपछि कांग्रेस नेतृत्वको सरकारस“ग आफ्नै दलको मात्र सांसद्को समर्थन बा“की छ । त्यसपछि मुख्यमन्त्री बानिया“ले सरकार जोगाउन अन्य दल तथा सांसद्हरुको समर्थन जुटाउने राजनीतिक प्रयास तीव्र पारेका छन् ।