हेटौंडा । ८० औं इन्डिपेन्डेन्स डे फुटबल प्रतियोगिता अन्तर्गत हेटौंडा फुटबल एकेडेमी सेमीफाइनलमा प्रवेश गरेको छ । छिमेकी मूलूक भारतको पश्चिम वंगाल राज्यको कालिम्पोङ जिल्लाको मुनसोङमा सचालन भइरहेको प्रतियोगिता अन्तर्गत आइतबार भएको आफ्‌नो क्वार्टरफाइनल चरणको खेलमा ८-१ गोलको फरालिको अन्तरले फारम ब्वाइजलाई पराजित गर्दै हेटौंडा फुटबल एकेडेमी सेमीफाइनलमा प्रवेश गरेको छ । हेटौंडा फुटबल एकेडेमीको टोलीले लगातार ३ वटा खेलमा आफ्नो प्रतिपर्धी टिममाथि फराकिलो गोलान्तरको जीत निकाल्दै ह्याट्रिक पूरा गरेको छ ।

हेटौंडा फुटबल एकेडेमीका लागि कृष्ण आले मगरले ३ गोल गर्दै ह्याट्रिक पुरा गरेका छन् । कुमार लामा र पवन तामाङले समान दुई / दुई बल गरे। निकै रचाक्षत्मक र आक्रामक शैलीमा रहेका फारम ब्वाइजले दुबै शैलीलाई उत्कृष्ट तरिकाले प्रस्तुत गर्न सकेको थिएनन् । यता हेटौँडा फुटबल एकेडेमीले फारम बोइज का खेलाडीमाथि निकै दवाब सिर्जना गरेर उनीहरुलाई एक गोल भन्दा बढी गोल गर्ने अवसरै दिएनन् । कमजोर अवस्थामा रहेर निकै दबाब झेलिरहेका फारम ब्वाइज विरुद्ध दिवस श्रेष्ठले एक गोल गरे । अब हेटौंडा फुटबल एकेडेमीले अगस्ट ११ मा आफ्नो पहिलो सेमिफाइनलको खेल खेल्नेछ। उक्त खेलमा जित निकाल्न सके हेटौली एकाडेमीले फाइनलको यात्रा तय गर्नेछ। खेलको म्यान अफ द म्याच ह्याट्रिक कर्ता कृष्ण आले मगर घोषित हुँदै म्यान अफ दि म्याचको गोल्डेन बुट प्राप्त गरेका छन् ।

हेटौंडा फुटबल एकेडेमीले राउण्ड अफ ३२ को आफ्‌नो पहिलो खेलमा हेटौंडा फुटबल एकेडेमीको टोलीले घरेलु टोली सिक्किमको माम्रिङ व्वाइजलाई ८-१ गोलको फराकिलो अन्तरले पराजित गर्दै शुखद् सुरुवात गरेको थियो भने अफ्नो दोस्रो खेलमा हाइल्याण्डर वारियरलाई १३-२ गोलले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको थियो । हेटौंडा फुटबल एकेडेमीको टोलीले यो सँगै सिक्किममा इन्डिपेन्डेनस डे को अन्य फुटबल प्रतियोगिताहरुमा सहभागी भएको छ ।  अगस्ट ११ मा पाक्याङ जिल्लामा हुने इन्डिपेन्डेन्सको फुटबलमा हेटौंडा फुटबल एकेडेमीले पहिलो खेल खेल्नुपर्नेछ।

विगत ३ वर्ष देखि भारतको सिक्किमसहित पश्चिम वंगाल प्रदेशको कालिम्पोङ जिल्लाको मुनसोङमा सञ्चालित प्रतियोगितामा हेटौंडा फुटबल एकेडेमीले सहभागिता जनाउँदै आएको छ । यद्यपि हेटौंडा फुटबल एकेडेमीको टोलीले ३ वर्षको अवधिमा मुनसोङको फुटबल प्रतियोगितामा पहिलो वर्ष उपविजेता बनेको थियो भने दोस्रो र तेस्रो वर्ष लगातार उपाधि उचालेको थियो । मुनसोङ र्स्पोर्टस् एशोसिएसन क्लबको आयोजनामा जारी फुटबल प्रतियोगिता ३२ वटा टिमहरुको सहभागिता रहेको छ । अगाष्ट २६ बाट सुरु भएको प्रतियोगिताको फाइनल खेल इन्डिपेन्डेन्स डे को दिन हुनेछ ।

प्रतियोगिताको उपाधि विजेता टिमले एक लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ । क्लबले यस वर्षबाट प्रतियोगिताको पुरस्कार राशिको रकम बढाएको हो ।