हेटौँडा/ हेटौँडाका गायक अरमान कार्की लोकप्रिय रियालिटी शो **‘द भ्वाइस किड्स नेपाल’**को फाइनलमा प्रवेश गरेका छन्।

उत्कृष्ट प्रस्तुति दिँदै कार्कीले फाइनलमा स्थान सुरक्षित गरेका हुन्। उनको फाइनल प्रवेशसँगै हेटौँडा तथा मकवानपुरका संगीतप्रेमीहरूमा खुसी छाएको छ।

कार्कीको फाइनल यात्रा सफल बनाउन उनका समर्थकहरूले भोटमार्फत साथ दिन आग्रह गरेका छन्।