हेटौंडा/ मकवानपुरगढी गाउँपालिका–५ का ४० वर्षीय सुकलाल गोले घरबाट हराएको भोलिपल्ट सामरी खोलामा मृत अवस्थामा फेला परेका छन्।
मानसिक अवस्था सामान्य नरहेको बताइएका गोले साउन २० गते राति करिब ८ बजे घरबाट कसैलाई जानकारी नदिई हिँडेका थिए। परिवारले बिहीबार बिहान प्रहरीमा हराएको निवेदन दिएपछि खोजी सुरु गरिएको थियो।
खोजतलासका क्रममा बिहान ११:०५ बजे घरदेखि करिब एक किलोमिटर पश्चिम सामरी खोलाभित्र घोप्टो अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ।
घटनास्थलमा आवश्यक मुचुल्का तथा अनुसन्धान सम्पन्न गरी शव पोस्टमार्टमका लागि हेटौंडा अस्पताल ल्याइएको थियो। पोस्टमार्टमपछि शव परिवारलाई बुझाइएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।











