हेटौंडा/ बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) सहभागी भएको छ।
भौतिक पूर्वाधार विकास मन्त्री बिनु रायमाझी पौडेलले राजीनामा दिएपछि मन्त्रिपरिषद् पुनर्गठन गर्दै हानेपाका प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्यलाई भौतिक पूर्वाधार विकास मन्त्रीको जिम्मेवारी दिइएको हो।
मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रिपरिषद्को कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालयहरूको पुनर्गठन तथा कार्यविभाजन गरिएको बताएका छन्।









