हेटौंडा । सीता देवी शर्मा स्मृति फुटबल प्रतियोगिता अन्तर्गत मकवानपुरको हेटौंडा फुटबल एकेडेमी आफ्नो पहिलो खेलबाटै पराजित हुँदै बाहिरिएको छ । छिमेकी मूलूक भारतको सिक्किमको रङ्पो खेल मैदानमामा ८० औं इन्डिपेन्डेन्ड डे अर्थात स्वतन्त्र दिवसको अवसरमा सञ्चालित प्रतियोगिताको प्रि क्वार्टरफाइनल चरणको खेलमा घरेलुटोली सिक्किम पुलिसँग १–० को सान्त्वना गोलले पराजित हुँदै हेटौंडा फुटबल एकेडेमीको टोली प्रतियोगिताबाट बाहिरिएको छ ।
हेटौंडा फुटबल एकेडेमी र सिक्किम पुलिस दुबै पक्षको टिमले ५०/५० प्रतिशत बललाई आफ्नो पक्षमा नियन्त्रण लिँदै बरारीको खेल प्रदर्शनी गरिरहेका थिए । यद्यपि खेलको ८० औं मिनेटनको समयमा सिक्किम पुलिसका सुवास क्षेत्रीले फ्रि किक मार्फत प्रहार गरेको बललाई आफ्नो नियन्त्रणमा लिएर गोल गर्दै प्रनिल गुरुङ निर्णायक गोल गरे ।
पहिलो हाफको खेल चलिरहँदा सिक्किम पुलिसका प्रनिल मगरले बललाई आफ्नो नियन्त्रणमा लिँदै अगाडि बढाउने क्रममा हेटौंडा फुटबल एकेडेमीका पारस मगरबाट डि-बक्स एरियाभित्र फाउल भएपछि सिक्किम पुलिसले पेनाल्टीको सुनौलो अवसर पाएको थियो । तर सिक्किम पुलिसका लागि पेनाल्टीमा सञ्जय राइले बल पोष्टमा प्रहार गरेपनि हेटौंडा एकेडेमीका गोलरक्षक सागर मगरले सहजै बचाउ गरेका थिए । पहिलो हाफको खेलमा गोल गर्नका लागि केही अवसरहरु पाएर बललाई सिक्किम पुलिसको पोष्टमा प्रहार गरेपनि विपक्ष टिमका गोल रक्षकले केही बचाउ गरेका थिए ।
दोस्रो हाफको ५५ मिनेटको समयमा निकै आक्रामक अवस्थामा अगाडि बढेर हेटौंडा फुटबल एकेडेमीका फरवार्डले बललाई आफ्नो नियन्त्रणमा लिँदै खाली पोष्टमा गोल गर्ने अवस्था सिर्जना भएपनि पुलिसका डिफेन्सले पोष्टको रेखाबाट उक्त गोललाई उत्कृष्ट बचाउ गरेको थियो । दोस्रो हाफको खेलको अन्तिम अन्तिम समयमा हेटौंडा फुटबल एकेडेमीको टोलीले गोल गर्ने निकै प्रयास गरेपनि असफल भएको कारणले गर्दा हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिनु परेको हो। खेलको म्यान अफ द म्याच सिक्किम पुलिसका निर्णायक गोलकर्ता सुवास क्षेत्री घोषित हुँदै १० हजार रुपैयाँको नगद पुरस्कार प्राप्त गरेका छन् ।
प्रतियोगिताको फाइनल खेल अगष्ट १५ मा इन्डिपेन्डेन्स डे को दिनमा हुनेछ । एकेडेमीको टोलीले मुनसोङको, पाक्योङ र्स्पोर्टिङ क्लबको आयोजनामा जारी फुटबल प्रतियोगिता, ग्यानटोकको फुटबल प्रतियोगितामा सहभागिता जनाएको टिम म्यानेजर छिरिङ लामाले जानकारी दिएका छन् । पाक्योङ र्स्पोर्टिङ क्लबको आयोजनामा जारी फुटबल प्रतियोगितामा एकेडेमीले एसटी जेर्भिएर्स स्कूलको टिमसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । उक्त खेलमा जीत निकाले एकेडेमीको टोली सेमीफाइनलमा प्रवेश गर्नेछन् ।
शुक्रबार मुनसोङमा भएको फुटबल प्रतियोगिता अन्तर्गत राउण्ड अफ ३२ को खेलमा एकेडेमीले घरेलु टोली माम्रिङ व्वाइजलाई ८–१ को भारी गोलान्तरले पराजित गर्दै प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको थियो । आइडीडी सी रङ्पोको आयोजनामा जारी फुटबल प्रतियोगितामा १६ वटा टिमहरुको सहभागिता रहेको छ ।
प्रतियोगिताको उपाधि विजेता टिमले १० लाख रुपैयाँसहित शिल्ड,मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५ लाख रुपैयाँसहित शिल्ड,मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी गराएको छ ।










