हेटौंडा/भरतपुर–११ स्थायी घर भई हाल हेटौंडा उपमहानगरपालिका–१० मा डेरा गरी बस्दै आएकी अनिशा बिकको शंकास्पद अवस्थामा मृत्यु भएको छ।
प्रारम्भिक जानकारीअनुसार अनिशा हेटौंडास्थित आरआर दोहोरी तथा थकाली घरमा काम सकेर आफ्नो कोठामा फर्किएकी थिइन्। त्यसपछि उनी कोठामा बेहोस अवस्थामा फेला परेकी थिइन्। तत्काल उपचारका लागि हेटौंडा अस्पताल लगिए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
घटनाको प्रकृति शंकास्पद देखिएकाले प्रहरीले घटनास्थलको मुचुल्का उठाई अनुसन्धान सुरु गरेको जनाएको छ। मृत्युको वास्तविक कारण पोस्टमार्टम रिपोर्ट र थप अनुसन्धानपछि मात्र खुल्ने प्रहरीले जनाएको छ।
प्रहरीले घटनासम्बन्धी आवश्यक अनुसन्धान भइरहेको भन्दै पुष्टि नभएका विवरणप्रति विश्वास नगर्न र आधिकारिक जानकारीको प्रतीक्षा गर्न आग्रह गरेको छ।










