हेटौँडा/हेटौँडा–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय नजिक आइतबार बिहान एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
प्रहरीका अनुसार प्रारम्भिक रूपमा नाम, थर र ठेगाना नखुलेका ती पुरुषको पछि पहिचान थाहा नगरपालिका–१० स्थायी घर भएका ४१ वर्षीय आश्मान गोपालीका रूपमा भएको छ। घटनास्थल वरपर रगत देखिएकाले प्रहरीले अनुसन्धान अघि बढाएको छ।
घटनाबारे थप अनुसन्धानका लागि बागमती प्रदेश प्रहरी कार्यालयको केनाइन (ट्रयाकर डग) टोलीसमेत परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।












