हेटौंडा/हेटौंडा उपमहानगरपालिका–६ स्थित कोलोनीस्थित कर्रा खोलानजिक पानी जमेको खाल्डोमा पौडी खेल्ने क्रममा एक किशोरको डुबेर मृत्यु भएको छ । शनिबार दिउँसो करिब १ः१० बजे साथीहरुसँग पौडी खेल्ने क्रममा हेटौंडा–१७ निवासी १४ वर्षीय युकेश राई डुबेका थिए । स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त खोजीपछि उनलाई घटनास्थलबाट उद्धार गरी हेटौंडा अस्पताल लगिएको थियो ।
अस्पताल पु¥याइएपछि दिउँसो २ः२५ बजे चिकित्सकले उनलाई मृतघोषणा गरेका हुन् । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ । प्रहरीले वर्षायाममा खोला, नदी तथा पानी जमेको स्थानमा पौडी नखेल्न तथा बालबालिकालाई जोखिमयुक्त स्थानमा जान नदिन आग्रह गरे ।












