हेटौंडा/बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले केही निर्णयहरु गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत् स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन संशोधनको लागि बनेको विधेयकको मस्यौदा परामर्शको लागि प्रदेश लोकसेवा आयोगमा पठाउने, भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत् प्रदेश प्राथमिकताप्राप्त आयोजनाको रुपमा छनौट गर्ने सम्बन्धमा, सामाजिक विकास मन्त्रालयअन्तर्गत् बालविवाह अन्त्यसम्बन्धि प्रादेशिक रणनीति तथा कार्ययोजना, २०८३ स्वीकृत गर्ने सम्बन्धमा निर्णय भएका छन् ।
बागमती प्रदेशभित्रका दलितको सशक्तीकरणका लागि व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान गर्ने सम्बन्धमा, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयअन्तर्गत् प्रदेश औद्योगिक व्यवसाय नियमावली, २०८३ स्वीकृति सम्बन्धमा, प्रादेशिक व्यापार तथा व्यवसायसम्बन्धि ऐन, २०७६ को अनुसूची हेरफेर स्वीकृत सम्बन्धमा र सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत् प्रदेश सहकारी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गर्ने सम्बन्धमा निर्णय भएका छन् ।











