काठमाडौं/अमेरिकाको मेरिल्याण्ड राज्यको डिस्ट्रिक्ट ७ एबाट हाउस अफ डेलिगेट्स सदस्यका लागि डेमोक्रेटिक पार्टीको प्राइमरी निर्वाचनमा नेपाली मूलका युवा सतीश चापागाईं विजयी भएका छन् । प्राइमरीमा सफलता हासिल गरेसँगै अब उनले आगामी नोभेम्बरमा हुने मुख्य निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेद्वारसँग प्रतिस्पर्धा गर्ने भएका छन् ।

 जुन २३ मा सम्पन्न डेमोक्रेटिक पार्टीको प्राइमरी निर्वाचनको ९९ प्रतिशत् मतगणना सकिँदा चापागाईंले १० हजार ४ सय २ मतमध्ये २ हजार ७ सय १८ मत प्राप्त गर्दै दोस्रो स्थान सुरक्षित गरेका हुन् । उक्त नतिजासँगै उनी डेमोक्रेटिक पार्टीका आधिकारिक उम्मेद्वारका रुपमा मुख्य निर्वाचनमा प्रवेश गरेका छन् ।

चापागाईंले आफ्नो चुनावी अभियानमा बायचमबदभि ःबचथबिलम, क्बाभ ऋयmmगलष्तष्भक बलम क्तचयलन द्यगकष्लभकक लाई मुख्य एजेण्डा बनाएका छन् । उनले बढ्दो महंगी नियन्त्रण, सुरक्षित समुदाय निर्माण, गुणस्तरीय सार्वजनिक सेवा तथा स्थानीय व्यवसाय प्रवद्र्धनलाई प्राथमिकतामा राख्दै आएका छन् । हाल उनी डेमोक्रेटिक पार्टीको मेरिल्याण्ड राज्य समितिका निर्वाचित केन्द्रीय सदस्यसमेत हुन् । स्थानीय राजनीतिमा सक्रिय चापागाईं सामाजिक, शैक्षिक तथा सामुदायिक क्षेत्रमा पनि लामो समयदेखि संलग्न रहँदै आएका छन् ।

उनी बाल्टिमोर काउन्टी पब्लिक स्कुलमा दोभाषेका रुपमा कार्यरत् हुनुका साथै सफल साना व्यवसायी पनि हुन् । विभिन्न नेपाली तथा अमेरिकी सामुदायिक संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरेका चापागाईंले श्रमिक, आप्रवासी समुदाय, कमजोर वर्ग तथा सामाजिक न्यायका मुद्धालाई प्राथमिकतासाथ उठाउँदै आएका छन् । साहित्यिक क्षेत्रमा समेत सक्रिय चापागाईंले आफूलाई सम्पादक, कवि र गीतकारका रुपमा स्थापित गरेका छन् । उनी एनआरएनए अमेरिकामा दुई कार्यकाल मिडिया कोअर्डिनेटर रहिसकेका छन् भने हाल संस्थाको सल्लाहकारको जिम्मेवारीमा छन् ।

अमेरिकामा नेपाली मूलका नागरिकहरुको स्थानीय राजनीतिमा बढ्दो सहभागिताबीच चापागाईंको सफलता नेपाली समुदायका लागि अर्को महत्वपूर्ण उपलब्धिका रुपमा हेरिएको छ । नोभेम्बरमा हुने अन्तिम निर्वाचनमा उनले जित हासिल गरे मेरिल्याण्ड राज्यको हाउस अफ डेलिगेट्समा नेपाली मूलका प्रतिनिधित्व थप बलियो हुने अपेक्षा गरिएको छ !