हेटौंडा/मधेसी आयोग केन्द्रीय सदस्य आभा कुमारीले प्रहरीले पनि छुट्टी पाउनुपर्ने कुरा बताएकी छन् । हेटौंडा–११ सामुदायिक प्रहरी सेवाकेन्द्रमा प्रहरीहरुसँगको अन्तत्र्रियामा उनले यस्तो बताएकी हुन् ।
अन्तत्र्रियाकी प्रमुख अतिथि आभा कुमारीले भनिन्–प्रहरीको ड्युटी सदाबहार नै चल्छ । तर, तराई, पहाड, हिमालको वा जाति छुट्याएर ड्युटीमा खटाउने हो भने प्रहरीहरुले पनि महत्वपूर्ण चाडपर्वमा आफ्नो परिवारसँग रमाउन सक्छन्, खुशी एकसाथ मनाउन सक्छन् । अन्तत्र्रियामा उनले नेपाल सरकारसँग प्रहरीहरुको विशेष छुट्टीका लागि पहल गरिरहेको र अब पनि गरिने आश्वासन दिइन् । उनले भनिन्–म पहल गर्छु तर छुट्टीको तारतम्य मिलाउने काम नेपाल सरकारको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरको आयोजना र सामुदायिक सेवाकेन्द्र तथा सामुदायिक प्रहरी सेवाकेन्द्र हेटौंडा–११ को समन्वयमा अन्तत्र्रिmया भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधब काफ्लेको सभाध्यक्षतामा भएको कार्यक्रममा मधेसी आयोगको काम, कर्तव्य, अधिकारबारे जानकारी गराइएको थियो । आयोगले मधेसी समुदाय, महिला, दलित र बालबालिकाको क्षेत्रमा वकालत गरिरहेको जनाइएको छ ।












