हेटौंडा /चर्को आन्तरिक गुटबन्दी र प्रतिपक्षी दलहरुको विरोधबीच बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३÷०८४ को बजेट प्रदेशसभाबाट बहुमतले पारित भएको छ । शनिबार बसेको प्रदेशसभा बैठकले आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङद्वारा प्रस्तुत ६६ अर्ब ९३ करोड ३३ लाखको विनियोजन विधेयक र आर्थिक विधेयक बहुमतले पारित गरेको हो ।
आफ्नै दलभित्रको दाउपेच, तीव्र आन्तरिक गुटबन्दी र प्रतिपक्षी दलहरुको अनेकौं हर्कतलाई पूर्णरुपमा असफल तुल्याउँदै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ बजेट पारित गराउन सफल भएका छन् । चौतर्फी घेराबन्दीका बाबजुद् प्रदेशको समग्र विकास र जनताको समृद्धिलाई सर्वोपरि ठानेर अहोरात्र खटिने मुख्यमन्त्री बानियाँ बागमती प्रदेशको एक सर्वमान्य, शक्तिशाली र दुरदर्शी नेता हुन् भन्ने तथ्य यस ऐतिहासिक सफलताले पुनः पुष्टि गरेको छ ।
विगतमा गुटगत् र संकुचित गतिविधिका कारण सरकार तथा पार्टी नै असफलतातर्फ धकेलिएको तथ्यलाई हेक्का राख्दै मुख्यमन्त्री बानियाँले यसपटक कुनै पनि आन्तरिक दबाब वा बार्गेनिङसँग सम्झौता गरेनन् । व्यक्तिगत् स्वार्थ र सस्तो लोकप्रियताका लागि सरकार नै ढाल्ने खेलमा लागेका आफ्नै दलका १० जना असन्तुष्ट सांसद्हरुलाई मुख्यमन्त्रीको अडान र पार्टी केन्द्रको कडा ह्विप (कारबाहीको डण्डा) ले अन्ततः घुँडा टेक्न बाध्य बनायो । बहुमतले बजेट पारित भएको सुइँको पाएपछि चरम छटपटी र हडबडाहटमा परेका ती अवसरवादी सांसद्हरु कारबाहीबाट बच्न हतारहतार हाजिरी पुस्तिका खोज्दै संसद् सचिवालयतर्फ दौडिएको दृष्यले मुख्यमन्त्री बानियाँको राजनीतिक शक्तिको प्रभावलाई प्रष्ट पारेको छ ।
मुख्यमन्त्री बानियाँले बजेट कार्यान्वयनमा विगतजस्तो ढिलासुस्ती हुन नदिने र नयाँ आर्थिक वर्षको सुरुदेखि नै द्रुतगतिमा काम अगाडि बढाउने दृढता व्यक्त गरेका छन् । विशेषगरि हिउँदको समयमा विकासनिर्माणका कामहरुलाई तीव्रता दिने र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको लाभ गरिब जनतासम्म पु¥याउने योजना रहेको उनले बताए । आफ्नै दलभित्रको आन्तरिक घेराबन्दी र प्रतिपक्षी दलहरुले संसद्मा दर्ता गराएको खर्चकटौतीको प्रस्तावलाई असफल तुल्याउँदै मुख्यमन्त्री बानियाँ अन्ततः बजेट पारित गराउन सफल भएका छन् ।
व्यक्तिगत् स्वार्थका लागि बखेडा झिक्ने तत्वहरुलाई तह लगाउँदै र विपक्षी दलहरुको समेत विश्वास जितेर बजेट पारित गराउनुले मुख्यमन्त्री बानियाँको कुशल व्यवस्थापकीय क्षमता र राजनीतिक उचाईंलाई नयाँ उचाईंमा पु¥याएको दाबी गरिएको छ । यससँगै बागमती प्रदेशमा नीतिगत् र राजनीतिक स्थिरता कायम भइ विकासको नयाँ मार्ग प्रशस्त भएको विश्लेषण गर्न थालिएको छ ।
प्रदेशसभामा सांसद्हरुले उठाएका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री बानियाँले बजेट पूर्णरुपमा न्यायोचित र जनमुखी रहेको दाबी गरेका छन् । मुख्यमन्त्री बानियाँले बजेट मुख्यगरि ६ वटा बँुदमा आधारित रहेको स्पष्ट पारे ।
के हो मुख्यमन्त्रीको रोडम्याप ?
१. गरिबमुखीः आर्थिकरुपमा पछाडि परेका विपन्न जनतालाई प्राथमिकता । २. आयमुखीः परम्परागत् प्रणाली तोड्दै सीधै आयआर्जन र रोजगारीमा जोड । ३. न्यायमुखीः स्रोत र साधनको समतामूलक एवम् न्यायोचित वितरण । ४. विकासमुखीः प्रदेशका गौरवका आयोजना । ५. गाउँमुखीः सिंहदरबारको अधिकार र विकासलाई गाउँगाउँसम्म पु¥याउने । ६. पूर्णजनमुखीः जनताका वास्तविक आवश्यकतालाई सम्बोधन गर्ने बजेट ।












