हेटौंडा/बागमती प्रदेश सरकारद्वारा निर्माण गरिएको कानुन र कार्यान्वयनको अवस्थाबारे सरोकारवालाहरुसँग अन्तत्र्रिmया गरिएको छ । बागमती प्रदेश सरकार मुख्यन्यायाधीवक्ता कार्यालय हेटौंडा, अनौपचारिक क्षेत्र सेवाकेन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालय काठमाडौंको आयोजनामा हेटौंडामा कार्यक्रम भएको हो ।
बागमती प्रदेश सरकार मुख्य न्यायाधिवक्ता अप्सरा बस्नेतको सभाध्यक्षता तथा बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी (छिन्तु) को प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा मुख्यन्यायाधीवक्ता अप्सरा बस्नेतले बागमती प्रदेशबाट जारी भएका ऐन, अध्यादेश, नियमावली, बिनियमावली, निर्देशिका, कार्यविधि, मापदण्ड र आदेशबारेमा जानकारी दिइन् । कार्यक्रमका प्रमुख अतिथी प्रदेशसभा सदस्य पुलामी छिन्तुले कानुन राम्रो बनेको तर कार्यान्वयन पक्ष कमजोर भएको बताए । कार्यक्रममा शिक्षा, स्वास्थ्य, रोजगार, वातावरण र सरसफाइ, कृषिलगायत कानुनको कार्यान्वयन पक्ष त्यति सबल हुन नसकेको आवाज सरोकारवालाहरुले उठाएका थिए ।
अन्तत्र्रियामा इन्सेक बागमती प्रदेश संयोजक शिवप्रसाद खकुरेल, गैसस महासंघ बागमती प्रदेश अध्यक्ष कमलकुमार बिश्वकर्मा, जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी प्रमुख श्यामबहादुर खत्री, सिविन बालहेल्पलाइन हेटौंडा प्रमुख झविन्द्र ज्ञवाली, जिल्ला बार एसोसिएसन मकवानपुर अध्यक्ष अधिवक्ता उत्तमकुमार बस्नेतलगायत सरोकारवाला संघसंस्थाका प्रमुखहरुको आतिथ्यता थियो ।