हेटौंडा । विद्यालयसम्म पु¥याउने क्रममा सुरु भएको चिनजानपछि १७ वर्षीया किशोरीसँग सम्बन्ध राखेको आरोपमा ट्रिपरचालक पक्राउ परेका छन् । पक्राउ परेका चालकविरुद्ध जिल्ला अदालत काभ्रेमा जबर्जस्ती करणी अभियोगमा मुद्धादायर भएको छ ।
भुम्लु गाउँपालिका घर भएकी बालिका र ट्रिपर चालकबीच दोलालघाट क्षेत्रमा बालुवा ढुवानी गर्ने क्रममा चिनजान भएको थियो । विद्यालय पोशाकमा रहेकी किशोरीलाई चालकले पटकपटक विद्यालयसम्म पु¥याइदिने गरेको र त्यसक्रममा उनीहरुबीच मोबाइल नम्बर आदानप्रदान भएको थियो । त्यसपछि दुवैबीच नियमितरुपमा कुराकानी र भेटघाट हुँदै गएको अनुसन्धानबाट खुलेको छ । मध्यरातसम्म मोबाइलमा म्यासेज आदानप्रदान तथा संवाद भएको पनि रेकर्डबाट देखिएको छ । चालकले दोलालघाटबाट बालुवा लिन जाने तथा फर्कने क्रममा किशोरीसँग सम्पर्क कायम राखेका थिए । २०८२ चैत २१ गते विहान पहिलो पटक ढाँडखर्क भञ्ज्याङबाट खाली ट्रिपर लिएर दोलालघाट जाँदै गर्दा उनले बालिका र उनकी साथीलाई विद्यालयसम्म पु¥याएको उल्लेख छ ।
चिनजान र गफगाफका क्रममा २०८३ बैशाख ५ गते मध्यराति करिब १२ः३० बजे भुम्लु गाउँपालिका–५ स्थित जामुन्ने सडक क्षेत्रमा चालकले बालिकालाई बोलाए । उनी उठेर बोलाएको स्थानमा आइन् । त्यस क्रममा ट्रिपरको क्याबिनभित्र किशोरीसँग शारीरिक सम्बन्ध राखेको चालकले स्वीकार गरेको अभियोगपत्रमा उल्लेख छ । आरोपित अभियुक्त ३५ वर्षीय पासाङ दोर्जे भनेर चिनिने सुरेश तामाङ खरेलथोक–८ का स्थायी बासिन्दा हुन् । हाल उनी पाँचखाल नगरपालिका–११, बाँस्तोलाबेसीमा बस्दै आएका छन् । उनी बा. ४ ख ३९२० नम्बर ट्रिपर चलाउँदै आएका थिए । प्रहरीका अनुसार तामाङ विगत ११ वर्षदेखि ट्रिपरचालकका रुपमा कार्यरत् छन् ।
घटनाबारे किशोरीका आफन्तले बैशाख १४ गतेमात्र जानकारी पाएका थिए । त्यसपछि परिवारभित्र घटनासम्बन्धि छलफल र तनाव बढ्दै गएको बताइएको छ । विशेषगरि आमाले घटनाबारे थाहा पाएपछि किशोरीमाथि मानसिक दबाब र यातना बढेको आरोप छ । मानसिक तनाव सहन नसकेपछि किशोरीले घरमा धानमा प्रयोग गर्न ल्याइएको विषादीसेवन गरेको बताइएको छ । विषादी सेवनपछि उनको स्वास्थ्य अवस्था गम्भीर बनेको थियो । हाल उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
घटनासम्बन्धि अनुसन्धान पूरा भएपछि जिल्ला सरकारी वकिलको कार्यालयमार्फत् असार ३ गते जिल्ला अदालत काभ्रेमा मुद्धादायर गरिएको छ । अदालतमा विचाराधीन रहेको मुद्धाको थप सुनुवाइ र न्यायिक प्रक्रिया अगाडि बढिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका तामाङ पुर्पक्षका लागि कारागार चलान भएका छन् । बालबालिकाको सुरक्षा, उनीहरुमाथि हुने सम्भावित शोषण तथा सामाजिक दबाबका घटनाप्रति परिवार, विद्यालय र समुदाय सबै सचेत हुनुपर्ने आवश्यकता उक्त घटनाले पुनः उजागर गरेको छ । नाबालिकास“ग सम्बन्धित यस्ता घटनाले केवल कानुनी प्रश्नमात्र नभइ सामाजिक र मनोवैज्ञानिक असरसमेत पार्ने भएकाले सम्बन्धित निकायको संवेदनशील भूमिका आवश्यक देखिएको
छ ।












