हेटौंडा । हेटौंडा–६ मा भएको मोटरसाइकल दुर्घटनामा एक किशोरको मृत्यु भएको छ । शनिबार दिउँसो हेटौंडा–६, हात्तीलेटस्थित धरान–चतरा सडकखण्डमा गौरीटारबाट चौघडा चोकतर्फ आउँदै गरेको प्रदेश–२–०३–००९ प ७०२८ नम्बर मोटरसाइकल तीव्रगतिका कारण सडकको रेलिङमा ठोक्किएर अनियन्त्रित भइ दुर्घटना हँुदा चालक सोही वडा बस्ने करिब १७ वर्षीय प्रतीक मानन्धरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनी टाउको र छातिमा चोट लागेर गम्भीर रहेकोमा हेटौंडा अस्पतालमा उपचारका क्रममा करिब ३ बजे मृत्यु भएको हो । मोटरसाइकलमा सवार सोही वडा सोही उमेरका अंकुर लामाको दुवै हात र बाँया खुट्टामा चोट लागेको र उनको अबस्था मध्यम रहेको प्रहरीले बताएको छ ।












