1. भरतपुर/नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो पन्छाउन उपकरणसहित जनशक्ति तयारी अवस्थामा राखिएको छ । वर्षा सुरु भएसँगै नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउनका लागि सडक डिभिजन कार्यालय भरतपुरले उपकरण तयारी अवस्थामा राखेको हो ।

कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर नारायण लामिछानेका अनुसार वर्षाको समयमा पहिरो खस्नसक्ने जोखिम रहेका स्थानमा उपकरण राखिएको छ । उनका अनुसार मुग्लिन क्याम्पमा एक लोडर, सेतीदोभान क्याम्पमा एक एक्स्काभेटर, एक लोडर र एक ब्याकहोलोडर पहिरो पन्छाउनका लागि तयारी अवस्थामा राखिएको छ । सडक डिभिजन कार्यालयपरिसरमा एक ब्याकहोलोडर तथा कालीगण्डकी करिडोरमा एक लोडर तयारी अवस्थामा राखिएको छ ।