काठमाडौं । बझाङको दुर्गाथली गाउँपालिकास्थित बाँठपाली देवताको मन्दिर निर्माणमा अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० जनाविरुद्ध भ्रष्टाचार मुद्धादायर गरेको छ ।

अख्तियारका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा विनियोजित बजेटबाट मन्दिर निर्माणका क्रममा वास्तविक कामभन्दा २२ लाख १ हजार रुपियाँ बढी भुक्तानी दिइ भ्रष्टाचार गरिएको पाइएको हो । सोही आरोपमा छविसपाथीभेरा गाउँपालिका तत्कालीन उपाध्यक्ष, वडा अध्यक्ष, निर्माण समितिका पदाधिकारी तथा दुर्गाथली गाउँपालिका तत्कालीन निमित्त प्रमुख, लेखापाल, इञ्जिनियर र सबइञ्जिनियरसहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्धादायर गरिएको छ ।