हेटौंडा । कैलाश गाउँपालिकाबाट डाँकाचोरी अभियोगमा तीन जना पक्राउ परेका छन् । इकाका प्रहरी कार्यालय पालुङले कैलाश–२ घर हुने टोकल माइला भनिने रुद्र मुक्तान, धादिङ जिल्ला बेनिघाट रोराङ गाउँपालिका–१ बस्ने उमेश तामाङ र अशोक तामाङलाई पक्राउ गरेको हो ।

उनीहरुलाई प्रहरीले इलाका प्रहरी कार्यालय गजुरीको समन्वयमा पक्राउ गरेको हो । उनीहरुमाथि कैलाश–२ स्थित बुधराम मुक्तानको घर फोडी नगद ६ लाख रुपियाँ चोरी गरेको आरोप छ । उनीहरुविरुद्व डाँकाचोरीको अभियोगमा जिल्ला अदालत मकवानपुरबाट म्याद थप गरिएको इप्रका पालुङले जनाएको छ।