मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–६ मा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहीबार राति करिब १० बजे भीमफेदी गाउँपालिका–६ विद्युत प्रथम फेज नजिक रहेको भिरबाट लडेर स्थानीय अन्दाजी ६० वर्षीय चन्द्रबहादुर मोक्तानको मृत्यु भएको हो।
मदिरा सेवन गरी गाउँघरमा हिँड्ने गरेका मोक्तान आफ्नै घरबाट करिब एक किलोमिटर उत्तरतर्फ रहेको भिरबाट करिब २०० फिट तल खसेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












