चितवन । नेपाली कांग्रेस चितवनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन उद्घाटन कार्यक्रममा सांसद् खगेन्द्र सुनारले दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ । कांग्रेसले विज्ञप्ति जारी गर्दै उक्त अभिव्यक्ति आमन्त्रित अतिथिहरुप्रति अमर्यादित रहेको र नेपाली समाजको ‘अतिथि देवो भवः’ भन्ने मूल्यमान्यताविपरीत भएको जनाएको छ ।
विज्ञप्तिमा यस्तो व्यवहारले राजनीतिक संस्कार, मर्यादा र लोकतान्त्रिक आचरणलाई कमजोर बनाउने उल्लेख गरिएको छ । कांग्रेस चितवनले रास्वपालाई सम्बन्धित सांसद्माथि आवश्यक कारबाही गर्न, पार्टी अनुशासन कायम गर्न तथा भविष्यमा यस्ता गतिविधि दोहोरिन नदिन आग्रह गरेको छ । सबै राजनीतिक दल र राज्यका निकायलाई राजनीतिक मर्यादा तथा अतिथिको सम्मान कायम राख्न अनुरोध गरिएको छ














