हेटौंडा । बागमती प्रदेशसभाअन्तर्गत् संसदीय समितिहरुले वार्षिक प्रतिवेदन प्रदेशसभा बैठकमा पेस गरेका छन् । प्रदेशसभा बैठकमा प्रदेशसभाका छ संसदीय समितिका सभापतिहरुले समितिले गरेका गतिविधि र सरकारलाई दिएको निर्देशनसहित वार्षिक प्रतिवेदन पेस गरे ।

प्रदेशसभाको प्रदेश मामिला समितिका सभापति छिरिङ दोर्जेलामाले समितिले गरेका कार्यसम्पादन र भावी योजनाहरुको वार्षिक प्रतिवेदन प्रदेशसभामा प्रस्तुत गरे । अर्थ तथा विकास समितिका सभापति नुरज बज्राचार्यले समितिले प्रदेश सरकारबाट भएगरेका विकास निर्माण र आर्थिक व्यवस्थापनबारे गरेको अनुगमन र सुझावहरुसहित प्रतिवेदन प्रस्तुत गरे ।

सार्वजनिक लेखा समिति सभापति श्रीराम लामिछानेले वार्षिक प्रतिवेदन पेस गर्दै बागमती प्रदेशमा बेरुजुको अवस्था अन्य प्रदेशको तुलनामा कम भए पनि वित्तीय अनुशासन कमजोर रहेको बताए । शिक्षा स्वास्थ्य तथा कृषि समिति सभापति ठाकुरप्रसाद ढकाल, उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्दकुमार श्रेष्ठ र विशेषाधिकार समिति सभापति मायादेवी शर्माले समितिका गतिविधिसहितका प्रतिवेदन पेस गरेका थिए ।