हेटौंडा/न्युरेनी टोल विकास संस्थाको १६औँ साधारणसभाले फुलमाया गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
साधारणसभाबाट चयन भएको समितिको उपाध्यक्षमा गीता देवी यादव, सचिवमा बुढीमाया विश्वकर्मा, कोषाध्यक्षमा मिनसोभ गोले तथा सहसचिवमा मनीषा लामा निर्वाचित भएका छन्।

त्यसैगरी सदस्यहरूमा अञ्जुल तितुङ, इन्दिरा लामा र पुण्यकुमारी गुरुङ चयन भएका छन्। लेखा संयोजकमा शंकर कुँवर तथा ऋण संयोजकमा मानकाजी गुरुङ चयन भएको संस्थाले जनाएको छ।
नवनिर्वाचित कार्यसमितिलाई साधारणसभामा सहभागी सदस्यहरूले बधाई तथा शुभकामना दिएका थिए। नवगठित समितिले टोलको विकास, सामाजिक सद्भाव, सुशासन र जनसहभागितामा आधारित कार्यक्रमहरूलाई प्रभावकारी रूपमा सञ्चालन गर्दै न्युरेनी टोललाई थप व्यवस्थित, समृद्ध र नमुना समुदायका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
कार्यक्रममा वक्ताहरूले टोल विकास संस्थाले स्थानीय स्तरमा विकास निर्माण, सामाजिक एकता तथा समुदायका साझा मुद्दाहरूको समाधानमा महत्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गर्दै आगामी कार्यकाल सफल रहोस् भन्ने शुभकामना व्यक्त गरेका थिए।













