हेटौंडा । हेटौंडा–४ स्थित कान्तिराजपथमा बराली सुनचाँदी पसल पुनः सञ्चालनमा आएको छ। सडक विस्तारका क्रममा घर भत्काइएपछि लामो समयदेखि बन्द रहेको पसल सोमबारदेखि राधाकृष्ण भवनसँगैको नयाँ भवनबाट पुनः सञ्चालनमा आएको हो।
प्रो. नारायण बरालीले विगत २५ वर्षदेखि राप्तीरोड क्षेत्रमा ग्राहकको विश्वास जित्दै आएको सुनचाँदी व्यवसायलाई निरन्तरता दिँदै नयाँ स्थानबाट सेवा सुरु गरेका हुन्।
त्यस्तै, हेटौंडा–२ स्थित पुरानो मकवानपुर रोडमा पनि बराली सुनचाँदी पसल सञ्चालनमा रहेको जनाइएको छ। लामो समयदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएका बरालीले कान्तिराजपथमा पुनः व्यवसाय विस्तार गरेका हुन्।

















